बलिउड स्टार सन्तानबीच वेलावेलामा मनमुटाव हुने गरेको खबर आउने गरेको छ । पछिल्लो समाचार यो छ कि, बरुण धवन र रणवीर कपुरबीच केही दिनअघिबाट बोलचाल बन्द भएको छ ।
केही समयअघि करण जौहारको घरमा आयोजित एउटा पार्टीमा उनीहरूबीच भनाभन भएको र त्यसपछि नै बोलचाल बन्द भएको बताइन्छ । झगडा परेपछिका दिनमा उनीहरू एकाअर्कालाई देखिसहँदैनन् । त्यति मात्रै होइन, कुनै पार्टीमा बरुणलाई बोलाउने हो भने रणवीरलाई बोलाउनुहुन्न । रणवीरलाई बोलाएको ठाउँमा बरुण जान मान्दैनन् । केही गरी एकअर्का आम्नेसाम्ने भए भने पनि नदेखेझैं गर्छन् ।
बरुण र रणवीर अहिलेका चर्चित स्टार हुन् । समकक्षी भएकाले एकअर्कामा इगो हुनु स्वभाविकै हो । तर, पनि दुश्मनी नै मोल्नुलाई भने ठीक मानिएको छैन । तर, रणवीरका निकटवर्तीले बरुणसँग कुनै समस्या नभएको दाबी गर्ने गरेका छन् । बरुण अचेल रणवीरकी गर्लफ्रेन्ड आलिया भट्टसँग कलंक फिल्मको सुटिङमा ब्यस्त छन् । त्यसकारण पनि केही मतभेद भएको हुन सक्ने अनुमान गरिएको छ । रणवीर भने आलियाका साथ ब्रह्मास्त्र फिल्मको सुटिङमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।