सुडान घोटालाका दोषी शम्भु भारती पक्राउ

काठमाडाैं– चर्चित सुडान घाेटलाका दाेषी शम्भु भारतीलाई प्रहरीको अनुसन्धान टोलीले पक्राउ गरेको छ । सर्वोच्च अदालतले सुडान घोटाला मुद्दामा तत्कालिन महानिरिक्षकहरु ओमविक्रम राणा, हेमवहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो । 

सर्वोच्चले दोषी ठहर गरेसँगै उनी फरार भएका थिए । फरार रहेका भारती आज पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश शुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्चले भारतीलाई १४ करोड २० लाख विगो र त्यती नै जरिवाना सहित एक बर्ष कैदको फैसला गरेको छ।





  • प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार ९:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया