सडक विभागअगाडि गगनले दिए धर्ना, भन्छन्– अबको धर्ना सिंहदरबारमा

काठमाडौं– आज कांग्रेस नेता गगन थापाले सडक विभागअगाडि धर्ना दिए । काठमाडौं ४ का प्रत्यक्ष निर्वाचित सांसद थापा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कपन र चाबहिलको सडक समयमा निर्माण नगरी अलपत्र पारेको भन्दै सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद र स्थानीयसहित धर्नामा जुटेका हुन् । सो क्षेत्रका सडकमा ठेक्का अवधि पूरा भइसके पनि काम सम्पन्न नहुँदा स्थानीयले सास्ती खेपिरहेका छन् । 

आफ्नो निर्वाचन क्षेत्रमा काम अलपत्र पार्ने सैलुङ कन्स्ट्रक्नसलाई फेरि खानेपानीको काम दिइएकोमा समेत सांसद थापाले आपत्ति जनाए । सैलुङ कन्स्ट्रक्नस प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । थापाको भनाइमा सैलुङले त्रिपुरेश्वर र नगरकोट जाने सडकसमेत अलपत्र छाडेको छ । 

चाबहिल सडकमा अवरोध गर्नुपर्ने स्थानीयको माग भए पनि आफूले सडक विभागमा धर्ना दिएर सांकेतिक विरोध सुरु गरेको भन्दै थापाले अबको धर्ना सिंहदरबारस्थित भौतिक पूर्वाधार मन्त्रीको कार्यकक्षमा गर्ने चेतावनी दिए । 





  • प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार १८:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया