प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग मन्त्री भट्टराईकाे परामर्श, नयाँ राजनीतिक संस्कारको सुरुवात

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नयाँ राजनीतिक संस्कारको सुरुवात गरेका छन् । नेकपा सरकारका मन्त्री भट्टराईले प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर मन्त्रालयका काम–कारबाहीबारे जानकारी गराएका छन् । 

भट्टराईले देउवालाई उनकै निवास बुढानिलकण्ठमा शनिबार बिहान भेटेका हुन् । सामान्यतया सरकारको मन्त्रीले प्रतिपक्षी दलको नेतालाई भेटेर सल्लाह गर्ने परिपाटी नेपालमा विकास भएको देखिँदैन । भट्टराईले देउवालाई भेटेर नयाँ संस्कारको सुरुवात गरेका छन् । 

भट्टराईले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाब दिएको भट्टराईले जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा याेगेश लेख्छन्





  • प्रकाशित मिति : भदौ १४, २०७६ शनिबार १६:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया