१० वर्षपछि खुल्यो पशुपतिको पूर्वी ढोका

काठमाडौं– नेपाली नारीहरुको महान् चाडका रुपमा लिइने तीजका लागि सहज होस् भनेर पशुपति क्षेत्र विकास कोषले १० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधरणका लागि खोलेको छ । 

यो ढोका २०६५ सालदेखि सर्वसाधरणका लागि बन्द गरिएको थियो । यसलाई मन्दिरमा भट्ट वा पुजारीहरुले चोखो मानिने जल ल्याउन मात्र प्रयोग गर्ने गरेका थिए । यो वर्षदेखि तीजको अवसरमा यो ढोका वर्षेनी खोलिने त्यहाँका अधिकारीहरुले बताएका छन् । 

यो ढोका खोलेसँगै पशुपतिनाथका लागि यो वर्ष चार वटा ढोका दर्शनका लागि खोलिएको छ । यो वर्षको तीज व्यवस्थापनका लागि पशुपतिनाथ क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी पनि खटिएका छन् ।





  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार १०:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया