युद्ध भए पाकिस्तानभन्दा पहिले भारत सकिन्छः इमरान खान

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइतबार आतंकवाद र धर्मको कुनै सम्बन्ध नभएको बताएका छन् । उनले इस्लाम धर्म शान्तिको धर्म भएको र यसलाई गलत तरिकाले व्याख्या गर्ने प्रयास पनि भएको बताएका छन् । 

इस्लामिक सोसाइटी अफ नर्थ अमेरिकाको ५६ औं अधिवेशनलाई सम्बोधन गर्दै इमरान खानले इस्लामले आफूहरुलाई शान्ति राख्न सिकाउने तर एकजनाका कारण पूरै समुदायको अहिले बदनाम भएको पनि बताएका छन् । 

‘आतंकवादलाई धर्मसँग जोडिनु हुँदैन,’ उनले भनेका छन्, ‘आतंकवाद कुनै पनि आधारमा धर्मसँग जोडिनु हुँदैन । तर, युरोपमा मुसलमानको धार्मिक स्थलमाथि आक्रमण भइरहेका छन्, भारतमा पनि कश्मिरीहरुको संघर्षलाई आतंकवादसँग जोडिँदै आइएको छ ।’

यो सम्बोधनमा इमरान खानले कश्मिरको विषयमा पनि आफ्नो धारणा राखेका थिए । उनले परमाणु युद्धको आशंका मात्र गरेनन्, त्यसको भयावह नतिजाबारे पनि आफ्नो धारणा राखे । 

‘यदि दुई देशबीच युद्ध भयो भने,’ उनले भने, ‘परमाणु शक्ति सम्पन्न देशबीचको युद्ध सानो हुँदैन, यस्तो भएमा पाकिस्तानभन्दा पहिले भारत हार्नेछ ।’ सँगसँगै उनले अन्तर्राष्ट्रिय समुदायले कश्मिरको विषयमा पक्कै केही राम्रो गर्ने पनि बताए । 





  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार १०:४७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया