मन्त्री भट्टराईको निर्देशन– कार्यालयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीको फोटो दिन्छु, तिनलाई कारबाही गर्नू

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलमा अनुशासन पालना नगर्ने कर्मचारीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले उनीहरुमाथि कारबाही गर्न विमानस्थलको नेतृत्वलाई कडा निर्देशन दिएका हुन् । 

कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल फोनमा समेत संवाद नगर्न सचेत गराउँदै मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीलाई विमानस्थलमा नराख्ने प्रस्ट पारेका छन् । 

विमानस्थललाई व्यवस्थित गर्न सिसि क्यामेरा थप्ने योजना रहेको मन्त्री भट्टराईले सुनाए । प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार १६:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया