पी चिदम्बरम्लाई आगामी तीन दिनसम्म थुनामा राख्न अदालतको अनुमति

एजेन्सी– भारतीय पूर्वकेन्द्रीय वित्तमन्त्रीसमेत पी चिदम्बरम्लाई आगामी बिहीबारसम्म सिबिआईको हिरासतमा राख्न सुप्रमि कोर्टले अनुमति दिएको छ । कांग्रेस नेतासमेत रहेका चिदम्बरम्लाई २१ अगस्टमा सआिइबीले आइएनएक्स मिडिया मामिलामा पक्राउ गरेको थियो । 

यसअघि चिदम्बरम्का वकिलले उनको उमेर ७४ वर्षको रहेकाले स्वास्थ्य र सुरक्षाका दृष्टिले उनलाई तिहाड जेलमा नपठाउन, बरु घरमै नजरबन्द गर्न आदेश माग गरेका थिए । अहिले चिदम्बरम्लाई सिबिआईको हिरासतमा राखिएको छ । अदालतले उनलाई न्यायिक हिरासतमा पठाउन अनुमति दियो भने उनलाई तिहाड जेलमा पठाइनेछ । 

चिदम्बरम्माथि २००७ मा वित्तमन्त्री रहेका वेला अनियमितता गरी विदेशी लगानीका लागि अनुमति दिएको आरोप लागेको छ । 





  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार १८:१७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया