'स्वच्छ भारत अभियान'का लागि मोदीलाई बिल गेट्सको सम्मान

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी धनाढ्य बिल गेट्सको परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सम्मान गर्ने भएको छ ।

२५ सेप्टेम्बरमा मोदीको अमेरिका भ्रमणका क्रममा उनलाई यो सम्मान दिइने बताइएको छ । 

भारतीय केन्द्रीय मन्त्री जितेन्द्र सिंहले ट्विट गर्दै यसको पुष्टि गरेका हुन् ।

उनका अनुसार मोदीलाई उनको स्वच्छ भारत अभियानका लागि सम्मानित गर्न लागिएको हो । प्रधानमन्त्री मोदीले सन् २०१४ देखि स्वच्छ भारत अभियान चलाइरहेका छन् । 





  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार २०:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया