चक्कुको बिँडमा सुन लुकाएर ल्याउने विमानस्थलमा पक्राउ

काठमाडौं– पछिल्लो समय त्रिभुवन विमानस्थलमा प्रहरीले सुन तस्करहरुमाथि निकै कडाइ गरिरहेको छ । तर, पनि सुन तस्कर हुने क्रम रोकिएको छैन । यसको एउटा उदाहरण हो, त्रिभुवन विमानस्थलमा बुधबार समातिएका एक युवा । 

दोहाहुँदै नेपाल वायु सेवा निगमको विमानमा नेपाल आएका एक युवालाई धारिलो हतियारको बिँडमा १० वटा सुनका बाला लुकाएर ल्याउँदा प्रहरीले पक्राउ गरेको हो ।

उनले आधा किलो सुन धारिलो हतियारको बिँडमा लुकाएका थिए । ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
 





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १२:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया