नेपाली कांग्रेसमा पुनः हिन्दू राष्ट्रबारे बहस सुरु, निधिले भने– अब नेपाल हिन्दू राष्ट्र हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसमा पुनः हिन्दू राष्ट्रबारे बहस सुरु भएको छ । महामन्त्री शशांक कोइरालाले हिन्दू राष्ट्रबारे जनमत संग्रह हुनुपर्ने आवाज उठाउँदै आएका वेला कांग्रेसकै उपसभापति विमलेन्द्र निधिले नेपाल अब पुनः हिन्दू राष्ट्र हुन नसक्ने ठोकुवा गरेका छन् । 

कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियान घोषणा कार्यक्रमबारे जानकारी दिन बिहीबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले कांग्रेस हिन्दू राष्ट्रको पक्षमा नभएको प्रस्ट पारेका हुन् । 

नेतृत्व नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानमा धर्म निरपेक्षता लेखिएको उल्लेख गर्दै निधिले भने, ‘राज्य धर्म निरपेक्ष छ । कांग्रेसलाई धर्म निरपेक्षता स्वीकार्य छ । हाम्रो चारतारे झन्डामा धार्मिक स्वतन्त्रता छ त्यो भनेको धर्मनिरपेक्षता हो ।’

निधिले सो विचार राख्दै गर्दा महामन्त्री कोइराला पनि सँगै थिए । उनले सोबारे केही बोलेनन् ।

असार २२ गतेदेखि सुरू भएर मंगलबार सकिएको केन्द्रीय समिति बैठकमा पनि केही केन्द्रीय सदस्यले हिन्दु राज्यबारे धारणा राखेका थिए ।





  • प्रकाशित मिति : भदौ १९, २०७६ बिहीबार १७:९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया