अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण

काठमाडौं । चरिपरिचित युवा आख्यानकार अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको भएको छ । 

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार सो कृतिको लोकार्पण गरियो । 

साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए ।

न्यौपाने मदन पुरस्कार विजेता लेखक हुन् । उनको ‘सेतो धरती’ उपन्यासले मदन पुरस्कार पाएको थियो । 

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको ‘गुलाबी उमेर’को मूल्य ४९८ रुपैयाँ राखिएको छ ।  





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १८:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया