सिभिल बैंकले ल्यायो नेपालमै पहिलोपटक एन्युटी डिपोजिट निक्षेप योजना

काठमाडौं– सिभिल बैंकले नेपालमा नै पहिलोपटक एन्युटी डिपोजिट निक्षेप योजना ल्याएको छ । यो बचत र मुद्दतीको समायोजन गरेर बनाइएको निक्षेप योजना हो । 
एन्युटी डिपोजिट योजना अन्तर्गत भविष्यमा आफूलाई चाहिने रकम तोकेर बचतकर्ताले निश्चित अवधिमा समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्छ । अन्त्यमा बचतकर्ताले इच्छाइएको रकम एकमुष्ठ पाउँछन् । 

यो योजनामा खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने बैंकले जनाएको छ । यसमा न्युनतम मौज्दात एक हजार हुनु पर्ने बैंकले जनाएको छ । यो योजनाअन्तर्गत एक देखि सात वर्षसम्म बचतकर्ताले मासिक रुपमा खातामा निश्चित रकम हाल्नु पर्ने हुन्छ । यो खाता एकभन्दा बढी खोल्न पनि पाइने बैंकले जनाएको छ । 

यो खाता आवश्यक पर्दा ३ महिनापछि बन्द गर्न मिल्ने तथा खातामा जम्मा भएको रकमअनुसार ६० प्रतिशत ऋण निकाल्न पाइने व्यवस्था गरिएको छ ।
सिभिल बैंकले अहिले ९६ शाखाहरुमार्फत् आफ्नो सेवा दिइरहेको छ । यो योजना पनि ९६ वटा नै शाखाबाट लिन सकिनेछ ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार १५:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया