इटहरीका मेयर द्वारिकलाल भन्छन्– सडेगलेकाे साेच समाजकाे कलंक

इटहरि– जातीय छुवाछुत अन्त्य गरी सुन्दर समाज बनाउन इटहरी उपमहानगर-४ ले आइतबार सहभोज कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले यसकाे अन्त्यका लागि सबै एकजुट हुनु पर्ने बताए ।

प्रमुख चाैधरीले छुवाछुत, भेदभाव जस्तो सडेगलेको सोच सुन्दर समाजकाे कलंक भएकाे उल्लेख गरे । 

मनोकामना मन्दिर इटहरीमा आयोजना गरिएको सहभोजमा संविधान सभाकी सभासद अनिता परियार, इटहरी-४ का वडाध्यक्ष चन्द्र भटटराई, दलित अभियानकर्मी डिविशाह शंकर, इटहरी-१७ का वडाध्यक्ष भगवान लाल शाह, नागरिक समाजका इटहरीका अध्यक्ष दिनेश रसाइलीलगायतको उपस्थित थिए ।

नागरिक समाजका इटहरीका अध्यक्ष रसाइलीले इटहरीमा अझै दलित समूदायका व्यक्तिले कोठा नपाएर समस्या परेको वास्तविकता सुनाए ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार १६:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया