ठूलो दिमागमा क्यान्सरको बढी खतरा !

मस्तिष्कमा धेरै कोषिकाहरू हुने मान्छेको सोच्ने, सम्झिने क्षमता धेरै होला भन्ने हाम्रो सहज अनुमान हुन्छ । तर, यस्ता मान्छेमा कुनै राेगकाे खतरा ज्यादा हाेला भन्ने हामी साेच्दैनाैँ । 

ठूलो मस्तिष्क हुने मान्छेमा मस्तिष्क क्यान्सरको खतरा बढी हुने एक अध्ययनले देखाएको छ ।

ठूलो मस्तिष्कमा अधिक कोषिकाहरू र तिनीहरूको त्यसैअनुरूप विभाजन हुने गर्दछ । कोषहरूको विभाजनका समयमा दोषहरू विकास हुन सक्छन्, र जिन अर्थात् उत्परिवर्तनको डिएनएमा स्थायी परिवर्तन हुन सक्छ, जुन क्यान्सरको एक प्रमुख कारण हो । 

अंगको आकार क्यान्सरको महत्वपूर्ण कारक 

नार्विजन युनिभर्सिटी अफ ऐड टेक्नोलोजीमा पिएचडी गरिहेका इवेन होबिग फ्लिनजेन भन्छन्, ‘फास्ट फिलिङ म्यासेज क्यान्सरको एक दुर्लभ प्रकारको क्यान्सर हो, तर क्यान्सर एकपटक भएपछि यसबाट बच्ने सम्भावना कम हुने गर्दछ ।’

अध्ययन अनुसन्धानले बताएअनुसार विभिन्न अंगहरूको आकार क्यान्सरको जन्ममा एक महत्वपूर्ण कारक हो । उदाहरणको लागि ठूला छाती भएका महिलाहरूमा स्तन क्यान्सरको जोखिम उच्च रहन्छ । 



पुरुषमा मस्तिष्क क्यान्सरको खतरा बढी 

अध्ययनका क्रममा हजारौँ मानिसका रगतको नमुना र स्वास्थ्य तथ्यांकको अध्ययन गरिएको थियो । शोधकर्ताहरूले मस्तिष्कको आकारको मापनको लागि एमआरआईको प्रयोग गरेका थिए । यस अध्ययनमा महिलाभन्दा पुरुषलाई मस्तिष्कको क्यान्सर हुने खतरा उच्च रहेको पाइएको थियो । 



पुरुषको मस्तिष्कको आकार ठूलो 

फ्लिनजेन भन्छन्, ‘पुरुषको मस्तिष्क महिलाको भन्दा ठूलो हुन्छ, किनभने पुरुषको शरीर सामान्यता ठूलो हुने गर्दछ । यसको अर्थ पुरुषहरू अधिक बुद्धिमानी छन् भने होइन । तर, शरीरको नियन्त्रणका लागि मस्तिष्कमा धेरै कोषिकाहरूको आवश्यकता पर्दछ ।’ 
 

  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २२:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया