एप्पलले लन्च गर्यो आइफोन ११, यस्ता छन् फिचर

वासिंगटन–  टेक्नोलोजी क्षेत्रको दिग्गज कम्पनी एप्पलको लन्च इभेन्ट सुरु भएको छ । इभेन्ट जारी रहँदा एप्पलले अहिलेसम्म आइफोन ११, सिरिज ५ घडी, एप्पल आर्केड, एप्पल टिभी प्लस र नयाँ आइप्याड लन्च गरेको छ । 

एप्पलको सर्वाधिक लोकप्रिय आइफोन सिरिजको नयाँ मोडल ‘आइफोन ११’ मोबाइल सेटमा ३डी जियोमेट्री र डुअल क्यामेराका साथै नयाँ डिजाइन छ । एप्पलले आइफोनमा पहिलोपटक ‘डुअल रियर क्यामरा’ राखेको हो । आइफोन ११ मा पछाडिपट्टि १२–१२ मेगापिक्सलका दुई क्यामेरा छन् । 

आइफोन ११ मा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले छ । यसमा १२ मेगापिक्सलको ट्रु–डेफ्थ वाइडर सेन्सर पनि राखिएको छ । 

आइफोन ११ को सुरुआती मूल्य ६९९ डलर (आजको सटही दरअनुसार ८०,४४० नेपाली रुपैयाँ) राखिएको छ । यो फोन ६ वटा रङमा उपलब्ध हुनेछ ।





  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार ०:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया