- युरिक एसिडको लक्षण देखिएमा रगतमा युरिक एसिडको मात्रा परीक्षण गर्न आवश्यक हुन्छ । यद्यपि, लक्षणबारे थाहा नभएमा नियमित रगत जाँच गर्दा राम्रो हुन्छ ।
- दुखेको अवस्थामा सुन्निने समस्या भएमा जथाभावी रूपमा पेनकिलर प्रयोग गर्नुहुँदैन । यस्ता औषधिको प्रयोग गर्दा अनिवार्य रूपमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । यस्ता औषधि सामान्यतया सातदेखि १० दिनसम्म प्रयोग गर्दा हुन्छ ।
- युरिक एसिडको मात्रा अत्यधिक बढी भएमा, युरिक एसिडका कणहरू मासु तथा जोर्नीमा जम्मा भएको अवस्थामा यस्तो समस्या घटाउन चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । सामान्यतया यस्तो औषधि ३ देखि ६ महिनासम्म सेवन गर्नुपर्छ ।
- युरिक एसिडबाट ग्रसित व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । किनकि, पानीले युरिक एसिडलाई पिसाबका माध्यमबाट हटाउने काम गर्छ ।
-
प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।