लामखुट्टे मार्ने मेसिन लिएर बस्ती–बस्ती पुगे पूर्वमन्त्री बस्नेत

भक्तपुर । पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेत आफैँ लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन् । सांसद बस्नेत सोमबारदेखि बन्दुक आकारको मेसिन लिएर विषादी छर्किदै हिँडेका हुन् ।

उनी बुधबार डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका छन् । ती दुईवटा मेसिन कोरियन कम्पनीबाट निर्मित हुन् ।  बस्नेतका अनुसार एउटा मेसिनको एक लाख २५ हजार रुपैयाँ पर्छ । मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ ।

 सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किरा पनि मर्छन् । मेसिनमा डिजेल, पेट्रोल र जिभ्यान नामक कीटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ ।

स्थानीयकाे आग्रहमा धेरैजसो ठाउँमा म आफैँ गइरहेको  र यो प्रभावकारी भएको उनले  बताए । उनले सरकारलाई गाली गरेर बस्न भन्दा आ-आफ्नो ठाउँबाट काम गर्नु उपयुक्त हुने बताए । 





  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार १६:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया