सीमामा भिडे भारतीय–चिनियाँ सेना

एजेन्सी– भारत र चीनको सीमामा भारतीय र चिनियाँ सेनाबीच लडाइँ सुरु भएको छ । लद्दाखको यो समाचारलाई आज प्रकाशित भारतीय पत्रिका टाइम्स अफ इन्डियाले निकै प्राथमिकता दिएर प्रकाशन गरेको छ । 

पत्रिकामा छापिएको समाचारअनुसार बुधबार पूर्वी लद्दाखमा भारत तथा चीनका सेना भिडेका थिए । उनीहरुबीच लामो समयसम्म संघर्ष भएको पत्रिकाले लेखेको छ । 

यो घटना १३४ किलोमिटर लामो पैंगोङ्ग झीलको उत्तरी किनरामा भएको थियो । यसको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा छ । 

पत्रिकामा छापिएको रिपोर्टअनुसार भारतीय सैनिक गस्ती गरिरहेको समयमा चिनियाँ सेना भेट भएका थिए । त्यसपछि चिनियाँ सेनाले त्यहाँ भारतीय सेनाको उपस्थितिको आलोचना गरेका थिए । त्यसपछि त्यहाँ दुई देशका सेनाहरुबीच धक्कामुक्की भयो । 

दुवै देशले त्यो क्षेत्रमा अहिले सैनिकको संख्या बढाएका छन् । भारत र चीनका ब्रिगेडियर स्तरीय वार्ताको पनि तयारी रहेको जनाइएको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार ९:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया