अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल पनि हो । अमला नियमित खानाले आँखाको ज्योति बढाउँछ, दिमाग तेज गराउँछ र छालाका विभिन्न समस्याबाट टाढा राख्छ । यति मात्रै होइन, अमलाका अरू धेरै फाइदा छन् ।
- अमलामा पानीको मात्रा पनि हुन्छ । यसले पिसाबसम्बन्धी समस्या हटाउँछ ।
- अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान सक्छ ।
- यो फल खाने हो भने रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ । अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायत विभिन्न पोषक तŒव हुन्छन् । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
- अमला कपालका लागि अति नै फाइदाजनक छ । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । यति मात्रै होइन, कपाल टुक्रनबाट पनि रोक्छ ।
- अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।
- अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ ।
- अमलाले ब्लडसुगर नियन्त्रण गर्छ ।
- अमला खाँदा कब्जियत, अपच, डायरियाजस्ता समस्या हटेर जान्छ ।
- यसको नियमित सेवनले स्फूर्त राख्छ । मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ ।
-
प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।