विप्लव समूहको आक्रमणका क्रममा ज्यान गुमाएका प्रहरी जवान सञ्जीव राईलाई सहिद घोषणा

काठमाडौं– भोजपुर जिल्लामा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान हुँदा ज्यान गुमाएका प्रहरी जवान सञ्जीव राईलाई सरकारले सहिद घोषणा गरेको छ ।

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सो जानकारी गराएका हुन् ।  

सरकारले सञ्जीव राईलाई सहिद घोषणाका साथै उनको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

भोजपुर जिल्लाको भोजपुर बजारमा गत असार २५ गते  विप्लव नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान राईको मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १७:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया