गुडिरहेको जिप र स्कर्पियोमाथि पहिरो खस्यो, एकको मृत्यु छ घाइते

पाल्पा– सिद्दार्थ राजमार्ग अन्तर्गत सिद्दबाबा सडक खण्डको हेडबक्समा माथिबाट खसेको पहिरोले गुडिरहेको  जिप र स्कर्पियो च्यापेको छ । प्रहरीका अनुसार च्यापिएका दुई सवारी साधनमा सवार ६ जना घाइते भएका छन्।  जिप चालक कमल परियारको मृत्यु भएको छ । उनको ठेगाना खुलेको छैन ।

पाल्पाबाट बुटवल हिँडेको लु २ च ५९३८ स्कार्पियो र बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जीपलाई माथिल्लो भागबाट खसेको ढुंगासहितको पहिरोले च्यापेको हो । बुटवल गइरहेको स्कर्पियोमा सवार चालकसहित ३ जना घाइते छन् भने पाल्पा आइरहेको जिपमा पनि चालकसहित ४ जना मात्रै सवार थिए ।

घाइतेहरुलाई उपचारका लागि बुटवलतर्फ लगिएको छ। पहिरो ठूलो भएकाले सिद्धार्थ राजमार्गमा सवारी साधन अहिले अवरुद्ध छ । पहिरोले अवरुद्द सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको प्रहरीले जनाएकाे छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १२:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया