युरोपियन छनोटका कारण रोकिएका लिगहरु आजबाट फेरि सन्चालन हुने

एजेन्सी— दुई साताअघि युरोपियन छनोटका कारण रोकिएका विश्व प्रतिष्ठित लिगहरु आजबाट फेरि खेलिँदै छन् । आज साँझ इङ्लिस प्रिमियर लिग र सिरी एका छुट्टाछुटै खेलहरु हुँदैछन् । 

त्यस्तै दुई साताअघि नै ब्रेक भएका बुन्डेस लिगा, ला लिगा र लिग वानका खेलहरु आज विहान भइसकेका छन् ।

लिग वानअन्तर्गत आज बिहान भएको खेलमा लिली र लायोनले २—२ को बराबरी खेले । लिलिका लागि जालेट र बोडमेरले एक–एक गोल गरे । लायोनका दुवै गोल मोसा डम्बेलेले गरेका थिए । 

त्यस्तै, बुन्डेस लिगा अन्तर्गत आज बिहान नै भएको खेलमा डुसेल ड्रफ र उल्फवर्गले १—१ को बराबरी खेले । डुसेल ड्रफका लागि गिवेलमनले गोल गरे भने उल्फवर्गका लागि ओहसर्टले गोल गरे ।

त्यस्तै, ला लिगा अन्तर्गत भएको खेलमा मलोरसा र एथ्लेटिक क्लबले गोलरहित बराबरी खेले । यी दुवै टिमले पाएका पेनाल्टी सदुपयोग गर्न सकेनन् । 

विभिन्न अन्तर्राष्ट्रिय लिगहरुमा आज मात्रै २३ वटा खेल हुँदैछन् । इङ्लिस प्रिमियम लिगमा ७ वटा, ला लिगामा ४ वटा, बुन्डेस लिगामा ५ वटा, सिरी ए मा ३ वटा र लिग वानमा ४ वटा खेलहरु हुँदै छन् । 



इङ्लिस प्रिमियर लिग अन्तर्गत आज साँझ नेपाली समयअनुसार सवा पाँचमा लिभरपुल र न्युक्यासल युनाइटेड एक आपसमा भिड्दै छन् । त्यस्तै, साँझ सवा सातमा ५ वटा विभिन्न खेल सुरु हुँदैछन् । नेपाली समयअनुसार साँझ सवा सात बजे सुरु हुने खेल बिग्रटन र ब्रुने, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी, सिफिल्ड युनाइटेड र सउथ ह्याम्प्टन, टोटनहम र क्रिस्टल प्यालेस तथा वुल्फ र चेल्सीले एकअर्काको सामना गर्ने छन् । त्यस्तै सवा दश बजे नर्विच सिटी र म्यानचेस्टर सिटीबीच खेल हुँदैछ । 

ला लिगा अन्तर्गत रियल मड्रिडले लेभान्तेको, लेगनेसले भिल्लारियलको, रियल सोडिसाले एथ्लेटिको मड्रिडको सामना गर्दै छन् । त्यस्तै, अर्को खेल बार्सिलोना र भ्यालेनसियाबीच पनि हुँदैछ ।



बुन्डेस लिगा अन्तर्गत आज नै डर्टमन र लिभरकुसेन, मिन्ज र हेराथ बिएससी, अस्कवर्ग र फ्य्राङ्कफर्ट, कोलोगेन र ग्लाडबेच तथा युनियन बर्लिन र बर्मिनबीच खेल हुँदैछ । त्यस्तै, आज नै लिपिङ्ग र ब्रायन म्युनिख पनि एकआपसमा भिड्दै छन् । 

सिरी एमा आज फ्लोरिन्टिना र युभेन्टसले प्रतिस्पर्धा गर्ने छन् । नेपोली र सेम्पडोरियाको खेल पनि आज राति नै हुँदै छ । त्यस्तै, इन्टर मिलान र युडिनेसबीच पनि आज नै खेल हुँदैछ । 

लिग वानमा चाहिँ पेरिस सेन्ट जर्मन र स्याटरबर्ग भिड्दै छन् । डिजोन र निम्स, मोन्टपिलर र नाइस, ब्रेस्ट र रिनेस पनि आज एकआपसमा भिड्नमा मैदानमा उत्रिँदै छन् । 

  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार १६:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया