रियल मड्रिड विजयी

एजेन्सी– ला लिगा अन्तर्गत भएको रियल मड्रिड र लेभान्तेबीचको खेलमा रियल मड्रिड ३–२ ले विजयी भएको छ । 

खेलको २५ औँ मिनेटमा डेनी कार्वहालको पासमा करिम बेन्जामिनले गोल गर्दे रियललाई अग्रता दिलाएका थिए । ३१ औँ मिनेटमा जेम्स रोड्रिगेजको पासमा बेन्जामिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

लेभान्तेका लागि खेलको ५९ औँ मिनेटमा कार्लोस क्लासको पासमा बोजारा मायोर्लाले गोल गर्दै खेल ३ —१ को स्थितिमा पु¥याएका थिए । खेलको ७५ औँ मिनेटमा जोस क्यामपनको पासमा गोञ्जालेज मिलिरोले गोल गर्देै रियलको अग्रतालाई छोटाएर ३—२ मा पु¥याए । तर, त्यसपछि कुनै पनि टिमले थप गोल गर्न सकेनन् । 

रियलको घरेलु मैदानमा भएको खेलमा जित निकालेसँगै रियल अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार १९:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया