कपिलवस्तुमा मात्रै हरेक दुई दिनमा एकजनाले गर्छन् आत्महत्या

कपिलवस्तु– कपिलवस्तुमा मात्रै हरेक दुई दिनमा एक जनाले आत्महत्या गर्ने पाइएकाे छ । पछिल्लाे समय कपिलवस्तुमा आत्महत्या गर्नेकाे संख्या निकै बढेकाे हाे । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार हरेक २ दशमलव ८२ दिनमा एक जनाले आत्महत्या गरेको पाइएकोे छ ।

आत्महत्या गर्ने एक सय २९ जनामध्ये विभिन्न उमेर समूहका महिला ६५ र पुरुष ६४ छन् । ती मध्ये ७ ले झुन्डिएर,  ४१ जनाले विष सेवन गरी र एकजनाले आगो लगाई आत्महत्या गरेका छन् ।

केही वर्षयता जिल्लामा आत्महत्या गर्नेहरूको संख्या बढ्दो छ । अन्न भण्डारण गर्दा प्रयोग गरिने सल्फास नामक विषादीको सजिलै पहुँच हुनु पनि आत्महत्याको एउटा ठूलो कारण भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले बताए । 

डाक्टर पूर्ण घर्तीले समाजमा आत्महत्या गर्नेको संख्या उच्च रहेको बताए । मान्छे जब नैराश्यता अथवा डिप्रेसनमा जान्छ अनि उसले अन्तिम बाटो आत्महत्या रोज्छ । गरिबीका कारण आधुनिक समाजअनुसार चल्न नसक्दा कतिपय युवाले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।

सुरुआती अवस्थामा अस्पतालमा पुगेमा निको पार्न सकिने उनले बताए । यो घरायसी कलहबाट हुने भएकोले सरकारले जनचेतनाको कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । घरायसी कारण, आर्थिक अवस्थाको कारणले गर्दा तथा समाजमा भएका विकृति विंसगतिको कारणले आत्महत्या हुने गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार ९:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया