लिभरपुलले न्यु क्यासललाई ३–१ ले हरायो

एजेन्सी– प्रिमियम लिग अन्तर्गत लिभरपुल र न्युक्यासल युनाइटेडबीचको खेलमा लिभरपुलले ३–१ को जित निकालेको छ । 

खेलमा पहिलो गोल चाहिँ न्युक्यासलले गरेको थियो । सातौं मिनेटमा जेट्रो विलियम्सले गरेको गोलको जवाफ २८ औं मिनेटमा सादियो मानेले दिए । मानेले नै आफ्नो टिमका लागि दोस्रो गोल गरे, ४० औं मिनेटमा । खेलको ७२ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल ३—१ को स्थितिमा पु¥याए । त्यसपछि कुनै पनि टिमले गोल गर्न सकेनन् । 

जितसगैं लिभरपुल शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ । यो खेल पनि हारेको न्यु क्यासल चाहिँ अंक तालिकाको १७ औँ स्थानमा पुगेको छ । 

त्यस्तै, हिजो नै भएका अन्य खेलहरुमा म्यानचेस्टर युनाइटेड, चेल्सी, टोटनहम्, साउथ ह्याम्टन र नर्विच सिटी पनि आआफ्नो खेलमा विजयी भए भने ब्रिगटन र ब्रुनेले बराबरी खेले ।

म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १—० ले पराजीत ग¥यो । म्यानचेस्टरका लागि खेलको आठौं मिनेटमा मार्कोस रासफोर्टले गोल गरेका थिए ।

चेल्सीले वुल्भसलाई ५—२ ले हरायो । चेल्सीका लागि टामी अब्रहामले ह्याट्रिक गरे भने मासोन माउन्ट र फिकायो टोमारीले १ —१ गोल गरे । वुल्भसले एक गोल उपहारमा पाएको थियो । चेल्सीका अब्रहामले आत्मघाती गोल गरे भने प्याट्रिक कर्टोनले एक गोल गरे । 



टोटेनह्यामले क्रिस्टल प्यालेसलाई हिजोको खेलमा ४—० ले हरायो । साउथ ह्याम्टनले सिफिल्ड युनाइटेडलाई १—० ले हरायो । साउथ ह्याम्टनका मोसा डिजेन्पाले गरेको गोल नै निर्णायक बन्यो ।

नर्विक सिटीले म्यानचेस्टर सिटीलाई ३—२ ले हरायो । नर्विक सिटीका लागि केनी म्याकलेन, टोड क्यान्टवेल र टिमु पुकीले गोल गरे भने म्यान्चेस्टर सिटीका सर्जियो एगुइरो तथा रोड्रि हर्नान्डेजले गोल गरे । ब्रिगटन र बर्नली १—१ को बराबरी खेले । ब्रिगटनका लागि नेला माउपेले तथा बर्नलीका लागि जेफ हेन्डरिकले गोल गरे ।



  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १२:२१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया