काठमाडौं– आइतबार साताको पहिलो दिन सेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
सो दिन नेप्से १७.८७ अंकले घटेर एक हजार एक सय ४०.०१ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ३.७९ अंकले घटेर २ सय ५०.०१ अंकमा पुगेको छ ।
आइतबार बजारमा १ सय ६२ कम्पनीका १० लाख ९० हजार २ सय १८ कित्ता सेयर २८ करोड ८० लाख ९९ हजार ९ सय १२ रुपैयाँमा कारोबार भएको छ । बजारमा कारोबारमा आएका ११ वटै समूहगत उपसूचक ओरालो लागेका छन् ।
सेयर बजारमा गिरावट आएको दिन बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर १ करोड ८२ लाख ५२ हजार ३ सय ६८ रुपैयाँमा कारोबार भएको हो ।
आइतबार रिलाइन्स फाइनान्स्का लगानीकर्ताले सर्वाधिक ३.५१ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, गणपति माइक्रो फाइनान्स्का लगानीकर्ताले सर्वाधिक ८.३८ प्रतिशत सेयर मूल्य गुमाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।