‘जेलमा सलमानको हालत देख्दा पानी पिउन पनि कठिन हुन्थ्यो’

मुम्बई– बलिउड सुपरस्टार सलमान खान सधैं मिडियामा हुन्छन् ।

उनका बाबु सलिमको एक अन्तर्वार्ताले सलमानका समर्थकमाझ हलचल मच्चाएको पनि थियाे । केहीअघि एक अन्तर्वार्तामा सलिमले हिट एन्ड रन केसमा सलमान जेल चलान हुँदा उनको परिवारमा कस्तो असर परेको थियो भन्ने खुलासा गरे । उनले अन्तर्वार्तामा यस्ता कुरा सेयर गरे, यसअघि कसैलाई थाहा थिएन । 

दुर्घटनावाला केसमा सलमान १८ दिन जेल बसेका थिए । ‘सलमानलाई जेल हालिएको थियो । त्यतिवेला सलमानकी आमलाई प्रहरीले धेरै केरकार गर्यो, दुःख दियो,’ अन्तर्वार्तामा पिता सलिम भन्छन्, ‘त्यस दौरान मैले एउटा कुरा बुझ्न सकिनँ, किन कानुनमा आमाको लागि कुनै स्थान हुँदैन ? जब आमाले केही गरेकै छैनन् भने उनलाई सजाय किन दिइन्छ ?’ 

‘जेलमा सलमानको हालत देख्दा पानी पिउनँ पनि कठिन हुन्थ्यो । यो सोच्थौँ कि ऊ अहिले कस्तो अवस्थामा होला,’ उनी थप्छन्, ‘हामीलाई भेट्दा उसले भनेको थियो कि सुत्नलाई एउटा पातलो दरी भुइँमा बिच्छ्याइदिन्छन् र पानीको बाल्टी राखिदिन्छन् ।’

सलमानबारे बोल्दै सलिमले त्यतिवेला एक स्तम्भ पनि लेखेको बताए । उनले भने, ‘जब म सलमानलाई भेट्न जोधपुर गएँ, जेलमा भएका मान्छेहरु ३४३ भन्दै कराइरहेका थिए । उसलाई फेरि बन्द गर । उनीहरुले फेरि जोडले कराए, ३४३ आयो भनेर । जब हामीले पछाडि फर्केर हेर्यौ तब थाहा पायौँ कि त्यो ३४३ अरु कोही नभएर सलमान थियो । उसको दाह्री एकदमै लामो भइसकेको थियो । कपाल फुस्रो भएको थियो ।’ 

‘उसलाई देख्दा लाग्यो कि कसरी एउटा नाम नम्बरमा परिणत हुँदोरहेछ । त्यसबखत उसलाई भेट्न उसकी आमा पनि सँगै गएकी थिइन् । सलमानको हालत देखेर उनी धेरै रोइन्,’ उनले थपे । 
 





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया