एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चन पछिल्लो समय सामाजिक सन्जालमा निकै सक्रिय छन् । र, उनी आफ्नो सामाजिक सन्जालको माध्यमबाट प्रशंसकहरुसँग बारम्बार जोडिएका पनि हुन्छन् । उनी आफ्नो सामाजिक सन्जालमा आएका प्रतिक्रियामा कमेन्ट गर्छन्, त्यसलाई रिप्लाई गर्छन् ।
अब त हुँदाहुँदा अमतिाभले सेल्फी शब्दलाई हिन्दीमा उल्था पनि गरिदिएका छन् । उनले एउटा ट्विट गर्दै यो जानकारी दिएका हुन् । उनले लामो समयदेखि सोचेर यो नाम जुराएको पनि बताएका छन् । त्यसैले उनका प्रशंसकहरु अत्यन्त धेरै त्यसमा भुलेका छन्, कतिले त त्यसलाई निकै मन पराएका पनि छन् । अमिताभले सेल्फीलाई दिएको नाम हो– वदय सह उसच ।
यसको पूरा रुप पनि उनले आफ्नो ट्विटरमा लेखेका छन् ।
T 3290 - For long there was an attempt to find a suitable Hindi word for 'Selfie' .. many suggestions came to me .. so .. not entirely satisfied I decided to coin one myself :
— Amitabh Bachchan (@SrBachchan) September 16, 2019
ITS :
'वदय सह उसच :' 🤪🤪
.
.
.
.
.
व्यतिगत दूरभाषित यंत्र से हस्त उत्पादित स्व चित्र
🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।