प्रधानमन्त्रीकाे संसदमा सम्बाेधन किन राेकियाे ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संघीय संसदलाई सम्बोधन गर्ने कार्यतालिका भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्रीको सम्बोधन रोकियाे । यसअघि प्रधानमन्त्रीले दुवै सदनमा सम्बोधन गर्ने कार्यतालिका भए पनि अन्तिम समयमा आएर सम्बाेधन स्थगित गरियाे । 

प्रधानमन्त्री ओलीले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभामा सम्बोधन गर्ने र सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम तय भए पनि तत्कालका लागि सो कार्यक्रम रोकिएका कारण उनले सांसदका प्रश्नकाे जवाफ दिने कार्यक्रम अन्याेलमा परेकाे छ ।

प्रधानमन्त्रीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बिहीबार सदनमा सम्बोधन गर्ने कार्यक्रम रोकिएको उनीनिकट स्राेतले जनाएकाे छ ।प्रधानमन्त्रीले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १६:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया