बालिका बलात्कार प्रयासको आरोपमा प्रहरी हवल्दार पक्राउ

डोल्पा– डोल्पामा एक प्रहरी हवल्दार बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसी पक्राउ परेका हुन् ।  

उनीमाथि १२ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोप छ । त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्यायनरत १२ वर्षीया अनुजा थापालाई असोज १ गते राति ८ बजेतिर मदिरा सेवन गरेर जबर्जस्ती बलात्कार प्रयास गरेको भन्दै पीडितका आफन्तले प्रहरी चौकीमा निवेदन दिएका थिए । 
 
प्रहरी हवल्दार जिसीलाई असोज १ गते राति नै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाएको भन्दै स्थानीयले बिहीबार प्रहरी चौकी घेराउ गर्दै ढुंगामुढा गरेका छन् । स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछिस्थिति तनावग्रस्त भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले आरोपितलाई पक्राउ गरी जिल्ला ल्याइसकिएको र आवश्यक अनुसन्धान सुरु गरिएकाले चौकी घेराउलगायतका उच्छृंखल कार्य नगर्न स्थानीयलाई आग्रह गरेको छ । 





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १७:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया