विप्लव माओवादीले लगायो बेनीमा वडाअध्यक्षलाई कालोमोसो

बेनी– पछिल्लो समय पश्चिमी क्षेत्रमा नेत्रविक्रम चन्द विप्लव माओवादीको गतिविधि बढ्न थालेको छ । यसैको उदाहरण हो, यही समूहले भ्रष्टाचार गरेको आरोपमा एक वडाध्यक्षलाई कालोमोसो लगाउनु । 

विप्लव समूहले बेनी नगरपालिका वडा नम्बर २ का अध्यक्ष हिराबहादुर थापालाई भ्रष्टाचार गरेको आरोपमा कालोमोसो मात्र दलेन, जुत्ताको माला पनि लगाइदिएका छन् । 

विप्लव माओवादी कार्यकर्ताले थापाको कार्यकक्षमा नै गएर यस्तो गरेका हुन् । तर, उनीहरुले थापाले केमा कति भ्रष्टाचार गरे भन्ने खुलाएका छैनन् ।

त्यसैले थापाले यसलाई केही व्यक्तिहरुको रिसिइबीका कारण आफूमाथि अन्याय गरिएको प्रतिक्रिया दिएका छन् ।





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १९:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया