Tue, 14 Jul, 2020


लहडमा संविधान संशाेधन हुँदैन: पाेखरेल
फरकधार / असोज २, २०७६

काठमाडाैं— उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधान कसैको रहर वा लहडमा संशोधन नहुने बताएका छन् । सत्तारुढ दल नेकपाका नेतासमेत रहेका उपप्रधानमन्त्री पोखरेलले संविधान गतिशिल दस्तावेज भए पनि कसैको लहड वा रहरको भरमा भने संशोधन गर्न नसकिने बताए ।



संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडाैंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले आवश्यक्ता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले विधि, प्रक्रियासम्मत ढंगले जारी गरिएको संविधान विभिन्न कोणबाट हतारोमा जारी गरिएको भन्नु गलत भएको बताए ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्