बाबु महेश भट्टबारे कान्छी छोरी आलिया

एजेन्सी— बलिउडका चर्चित निर्माता तथा निर्देशक महेश भट्ट ७१ वर्षका भए । २० सेप्टेम्बर १९४८ मा जन्मिएका भट्टको जन्मदिनमा उनकी कान्छी छोरी आलिया भट्टले आफूले बाल्यकालमा बाबुको अत्यन्त कम समय पाएको गुनासो गरेकी छिन् । तर, सँगसँगै त्यति बेला बाबुको व्यस्ततालाई अहिले आफूले बुझेको पनि उनले बताएकी छिन् । 

‘मेरो बाल्यकाल धेरैजसो आमासँग बित्यो, मैले पापाको समय नै पाइनँ, उहाँ धेरै व्यस्त हुनुहुन्थ्योे,’ आलियाले भनेकी छिन्, ‘अहिले बल्ल आएर म बुझ्दै छु कि बाबुको त्यति बेला खास काम के रहेछ भन्ने ।’

उनले बाबु महेश भट्टले कहिल्यै पनि इच्छा भएको कुनै कुरा गर्न आफूलाई नरोकेको पनि बताएकी छिन् । अहिले आफूहरु दुई जनाले अलग किसिमको मित्रता निर्वाह गरिरहेको पनि उनले बताएकी छिन् । 





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १२:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया