इजिप्टमा चर्कियो राष्ट्रपतिविरुद्ध आन्दोलन

एजेन्सी– इजिप्टमा राष्ट्रपति अब्दुद फताह अल सिसीको राजीनामाको माग गर्दै सडकमा प्रदर्शन गर्ने क्रम सुरु भएको छ । अल सिसीले सन् २०१४ मा सत्ता सम्हालेयता भएको यो प्रदर्शनी पहिलो हो । अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आएको समाचार अनुसार पछिल्लो प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँस प्रहार पनि गरेको छ । 

इजिप्टका मानिसहरु कायरोको तहरिर स्वाक्यरमा भेला भएर राष्ट्रपतिविरुद्ध नाराबाजी गर्न थालेको अल जजिराले लेखेको छ । यो त्यही ठाउँ हो जहाँ सन् २०११ मा ठूलो प्रदर्शनी भएको थियो । कायरोको यो ठाउँलाई त्यहाँको क्रान्तिको उद्गमस्थलका रुपमा पनि हेर्ने गरिएको छ ।

बिबिसीमा आएको समाचारअनुसार प्रदर्शनकारीले अन्य स्थानहरुमा पनि प्रदर्शन सुरु गरेका छन् । प्रहरीले केहीलाई पक्राउ गरे पनि प्रदर्शनकारीले नाराबाजी गर्न छाडेका छैनन् । 

यो प्रदर्शनी विशेषगरि राष्ट्रपति अल सिसी सरकारलाई लागेको भ्रष्टाचारको आरोपका कारण हो । यो आरोप विशेषगरि इजिप्टका व्यवसायी मोहमद अलीले लगाएका छन् ।

उनले इन्टरनेटमा केही भिडियोहरु सार्वजनिक गरेपछि अल सिसीको राजीनामाको माग गरिएको हो । अली चाहिँ स्वनिर्वासनमा स्पेनमा छन् ।
 





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार ६:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया