भरुवा बन्दुकसहित एक पक्राउ

गाेरखा— सहिदलखन गाउँपालिका–३ तल्लो ग्याजाबाट एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

अबैध रुपमा भरुवा बन्दुक राखिएको अवस्थामा करिब ६७ वर्षीय कमानसिं गुरुङलाई आइतबार बेलुका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनकामनाले गस्तीको क्रममा अबैध रुपमा हतियार लुकाराखेको भेटिएपछि गुरुङलाई नियन्त्रणमा लिएको हो । गुरुङलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १३:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया