कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी

इलाम– इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई संक्रमण देखापरेको हो ।

कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, बान्ता हुने ज्वरो आउने लक्षण देखापरेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ । धेरै एकैपटक कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ ।”

कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो । शनिबार ७८ मात्र बिरामी थिए । आइतबार बढेर एक सय ५७ को संख्या पुग्यो । अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको उनले बताए ।

कारागारमा हाल २ सय ६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २ सय ३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयमा चारजना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगी नै अपुग हुने गरेको श्रेष्ठ बताउँछन् । 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १६:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया