निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने मन्त्री पण्डितको उद्घोष

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको जानकारी गराएका छन् । लगानीअनुसार प्रतिफल प्राप्त नभएको भनदै सरकारले कर्मचारी कटौती गर्न लागेको हो । 

मन्त्री लालबाबु पण्डितले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको स्पष्ट पारे ।  निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गर्दै उनले सेवा–सुविधा मात्रै मागेर निजामती कर्मचारीले हैरान पारेको गुनासो गरे । 

निजामती कर्मचारीको सेवा–सुविधामा केही कमी आउनुको प्रमुख कारण नै उनीहरूको संख्या बढ्दै जानु भएके प्रस्ट पार्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १६:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया