एजेन्सी— अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार नोबेल पुरस्कार आफूले नपाएकोमा गुनासो गर्दै आएका छन् । अहिले फेरि उनले यही विषय निकालेका छन् । संयुक्त राष्ट्र संघमा सोमबार सम्बोधन गर्दै ट्रम्पले आफूले नोबेल पुरस्कार नपाएकोमा गुनासो गरेका हुन् ।
उनले गुनासो गर्दै भने, ‘मलाई कयौँ कुराहरुका लागि नोबेल पुरस्कार मिल्नु पर्ने थियो । तर, उनीहरु निष्पक्ष छैनन्, त्यसैले मलाई नोबेल पुरस्कार दिएका छैनन् ।’ त्यति मात्र होइन, ट्रम्पले सन् २००९ मा विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल पुरस्कार अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालाई दिएकोमा गुनासो पनि गरेका छन् । ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
‘ओबामालाई त राष्ट्रपति बनेलगत्तै यो पुरस्कार दिइयो,’ ट्रम्पले भने, ‘उनलाई त यो पुरस्कार किन दिन लागिएको हो भन्नेबारे पनि थाहा थिएन । के यो पुरस्कार उनलाई किन दिइयो भन्ने कसैलाई थाहा छ ?’
ट्रम्पले सोमबार नै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पनि भेटेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।