फेरि घाइते भए मेसी

एजेन्सी— मांसपेशीको समस्याका कारण दुई महिना मैदानबाहिर रहेका चर्चित फुटबल खेलाडी लियोनल मेसी मैदान फर्किएको एक साता पनि नबित्दै फेरि घाइते भएका छन् । 

गए राति भिल्ला रियलविरुद्ध खेल्ने क्रममा पहिलो हाफको अन्त्यतिर मेसीको बायाँ गोडामा समस्या देखियो । त्यसपछि उनी दोस्रो हाफमा मैदानबाहिर नै रहे । 

‘यसले हामीलाई निकै दुखी बनाएको छ,’ बार्सिलोनाका प्रशिक्षक इरिनस्टो भालभार्डेले बताएका छन्, ‘हामीले आशा गरेका छौँ, मेसी छिट्टै मैदान फर्किनेछन् ।’ 

मेसी घाइतेभएर मैदानबाहिर रहे पनि बार्सिलोनाले उक्त खेल २—१ ले जितेको थियो । अब लालिगामा बार्सिलोनाको खेल आउँदै शनिबार गेटाफेसँग र च्याम्पियन्स लिगमा अबको खेल घरेलु मैदानमा इन्टर मिलानसँग हुँदैछ ।





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार ११:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया