आठौं वर्ष पनि मुकेश बने भारतका सबैभन्दा धनी

एजेन्सी— आफ्नो काम र जीवनशैलीका कारण सधैं चर्चामा आइरहने रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा संस्थापक मुकेश अम्बानी सबैभन्दा धेरै धनी भारतीयको सूचीमा फेरि पनि परेका छन् । उनी सबैभन्दा धनीको सूचीमा एक नम्बरमा परेको यो आठौं पटक हो ।

यसका साथै सबैभन्दा धनी भारतीय महिलाको सूचीमा चाहिँ ३७ वर्षकी रोशनी नडार भएकी छिन् ।

आइआइएफएल वेल्थ हुरुन इन्डियाले जारी गरेको सूचीअनुसार मुकेशको रिलयान्सको सम्पत्ति ३ लाख ८० हजार करोड पाइएको छ ।

एचसिएलकी सिइओ रोशनी नडारले चाहिँ महिलाकाउे सूचीमा एक नम्बरमा आफ्नो स्थान बनाएकी छिन् । उनको गत वर्ष ३१ हजार करोड सम्पत्ति भएको खुलेको थियो । यो वर्ष उनको सम्पत्ति कति छ भन्ने खुलाइएको छैन ।

सूचीका अनुसार यसपटक एक हजार करोड रुपैयाँ भएका भारतीयहरुको संख्या बढेर ९ सय ५३ जना पुगेको छ । सन् २०१८ मा यो संख्या ८ सय ३१ थियो । रिपोर्टका अनुसार भारतमा २६ प्रतिशत धनीहरु मुम्बईमा बस्छन् । दिल्लीमा बस्नेको संख्या १ सय ७५ भएको र बेंगलुरुमा ७७ जना धनीहरु बस्ने सूचीमा बताइएको छ ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार १२:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया