बैतडीमा बस दुर्घटना, ७ गम्भीर घाइते

बैतडी— बैतडीमा शनिबार विहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । 

बैतडीको प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गम्भीर घाइते सातै जनालाई जिल्लाबाहिर उपचारका लागि लैजाने तयारी भइरहेको छ । अन्य घाइतेको अवस्था सामान्य छ । 

३० जना सवार बस महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको थियो । पाटन ६ लोर्खामा बस विहान ३ बजे दुर्घटनामा परेको हो । दुर्घटना परेलगत्तै बसका चालक फरार भएका छन् । बस सडकभन्दा १० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १०:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया