सिंगापुरविरुद्ध पारस खड्काको शतक, नेपाल विजयी
फाइल तस्वीर

काठमाडौं– त्रिकोणात्मक सिरिजमा सिंगापुरविरुद्ध खेलिरहेको नेपालका लागि कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । यो उनको टी–२० मा पहिलो शतक पनि हो ।

खड्काले ४९ बलमा शतक प्रहार गरेका हुन् । खड्काको बिस्फोटक ब्याटिङसँगै नेपालले याे खेल जितेकाे छ ।

पारसले नेपालका लागि १०६ रनकाे याेगदान दिए । उनले ५२ बलमा अविजित याे याेगफल तयार पारेका हुन् । पारस नै खेलकाे प्लेयर अफ द म्याच घाेषित भए ।

१५ औं ओभरको अन्तिम बलमा सिंगापुरका कप्तान टिम डेभिडको बलमा छक्का हान्दै पारसले शतक पुर्याएका हुन् । शतकका लागि पारसले ९ छक्का र ७ चौका प्रहार गरेका हुन् । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले तीन विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । 

पहिलो इनिङमा नेपालका लागि दुई विकेट करण केसीले लिएका थिए भने एक विकेट सुशन भारीले लिएका थिए ।

नेपालले याे खेलमा ९ विकेटकाे सानदार जित निकालेकाे हाे । यसका लागि यही सिरिजबाट डेब्यू गरेका इशान पाण्डेले ६ रन र आरिफ सेखले अविजित ३९ रन बनाए । आरिफले ३८ बलमा पाँच चौका प्रहार गरेका थिए । 





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार २०:२०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया