कञ्चनपुर नाका हुँदै दैनिक दुई हजार नेपाली भारतबाट घर फर्किंदै

कञ्चनपुर– दशैँ, तिहार, छठलगायत चाडपर्व मनाउन भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्षझैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली घर फर्किरहेका हुन् ।

सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । चाडपर्व र खेतीपाती गरेर यहाँका हजारौँ युवा भारतका विभिन्न सहरमा रोजगारीका लागि जाने गर्छन् । भारतबाट घर फर्किने क्रम बढेसँगै बस, अटो र ई–रिक्सा चालक यात्रु ओसार्न सक्रिय छन् । 

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक राजु ठकुराठीले दैनिक दुई हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन घर फर्किरहेको बताए । हिजोअस्तिभन्दा यात्रु आउने क्रम बढ्दै गएको छ’, उनले भने, ‘यात्रुको सहजता र सुविधाका लागि सुरक्षा सतर्कता बढाएका छौँ ।’ 

‘पहिलेको भन्दा लुटपाट तथा टेम्पो, रिक्सावालाको अराजगक गतिविधि कम छ’, उनले भने, ‘यात्रुबाट बढी रकम असुल्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ ।’ उनले सीमावर्ती भारतीय शहर बनबासा बजारमा यात्रुले बढी हैरानी खेप्नु परेको बताए । ‘सीमा क्षेत्रमा अहिले संयुक्त यात्रु सहायता कक्ष भएकाले धेरै सहज भएको छ’, चन्दले भने ।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले यात्रुको पीरमर्का बुझेर समाधान गर्न संयुक्त नागरिक सहायता कक्ष स्थापना गरेका छन् । सुदूरपश्चिम प्रदेशबाट झण्डै  डेढ लाख मानिस रोजगारीका लागि भारत गएको तथ्यांक छ ।





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १५:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया