टोटनह्यामको पोस्टमा बायर्नका सात गोल, सर्जले गरे ह्याट्रिक

एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा टोटनह्याम जर्मन क्लब बायर्न मुनिखसँग नमीठोसँग पराजित भएको छ । बायर्नले टोटनह्यामको पोस्टमा सात गोल गरेको हो । जवाफमा टोटनह्यामले २ गोलमात्र गर्न सक्यो ।

खेलमा बायर्नका सर्ज गनाब्रीले ह्याट्रिकसमेत गरे ।

खेलमा पहिलो गोल चाहिँ टोटनह्यामले गरेको थियो । टोटनह्यामका सन हुएङ मिनले १२ मिनेटमा पहिलो गोल गरेका थिए । तर, यो गोललाई किम्मिचले १५ औं मिनेटमा नै फर्काइदिए । खेलमा दोस्रो गोल लेवान्डोव्स्कीले ४५ औं मिनेटमा गरे । उनैले ८७ औं मिनेटमा पनि अर्को गोल गरेका थिए ।

टोटनह्यामका लागि ६१ औं मिनेटमा केनले गोल गरे । तर, त्यति बेलासम्म बायर्नले ४ गोल गरिसकेको थियो । गनाब्रीले बायर्नका लागि ५३, ५५। ८३ र ८८ औं मिनेटमा गोल गरे ।





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार ८:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया