नापी कार्यालयका कर्मचारी १० हजार घुससहित पक्राउ

कास्की– घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ । 

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना आयोगले पाएकाे थियाे ।

साेही उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोकनजिकैबाट मंगलबार साँझ भण्डारीलाई पक्राउ गरेकाे हाे । 

भण्डारीलाई १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १६:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया