सिन्धुलीमा बस दुर्घटना, ३ को मृत्यु

सिरहा- काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको मिनिबस सिन्धुलीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाईते भएका छन्।

काठमाडौंबाट दसैंमा घर फर्कने यात्रु रिजर्ब लिएर आउँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनिबस सिन्धुलीको सुनकाेसी गाउँपालिका १ आँपघारी नजिकै दुर्घटना हुँदा ईनरूवा ८ सिरहाका रामऔतार पण्डित, राजविराज ४ सप्तरीकी लक्ष्मीदेवी देव र बसका मालिक तथा कन्डक्टर दलबहादुर श्रेष्ठको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहकाअनुसार दुर्घटनामा ५ जना गम्भीर घाईते भएका छन्। गम्भीर घाईते पाँचै जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाईएको प्रहरी प्रमुख सिंहले जानकारी दिए। 

अन्य सामान्य घाईतेहरूको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।

दुर्घटनाको कारण एकिन भएको छैन। प्रहरीले अनुसन्धान थालेको जनाएको छ।





  • प्रकाशित मिति : असोज १८, २०७६ शनिबार १८:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया