चीनको अर्थतन्त्र २७ वर्ष यताकै कमजोर

एजेन्सी– पछिल्लो केही समययता विश्वका विभिन्न देशको अर्थतन्त्र धरमराएको छ । छिमेकी देश भारतको अर्थतन्त्र मन्दीको चपेटमा परेको छ । यसबीच भारतीय रिजर्भ बैंकले विश्व व्यापारमा अझै गिरावट आउन सक्ने आशंका व्यक्त गरेको छ ।

तर, यसरी अर्थतन्त्र कमजोर भएको भारतको मात्र होइन, अमेरिकामा पनि सन् २०१९ को दोस्रो त्रैमासिक प्रतिवेदनमा अर्थतन्त्र निकै कमजोर भएको रिपोर्ट प्रकाशित भएका छन् । सन् २०१९ को दोस्रो त्रैमासिक सत्रमा अमेरिकाका जिडिपी घटेर दुई प्रतिशतमा पुगेको छ ।

अर्कोतिर, ब्रेक्जित तथा व्यापार तनावका कारण अनिश्चितता बढ्दै गएकाले युरोपेली क्षेत्रको जिडिपी पनि झन् कमजोर भएको भारतीय रिजर्भ बैंकले जनाएको छ । जर्मनीमा पनि अटो उद्योगमा आएको संकटका कारण अर्थतन्त्र धरासयी बनेको छ । अन्य देशमा पनि कूल ग्राहस्थ उत्पादनमा कमी आएको छ । त्यस्तै, समस्यामा पर्न थालेको छ इटालीको अर्थतन्त्र पनि ।

उता, अमेरिका–चीनबीच भएको व्यापारिक तनावका कारण विश्वको मागमा कमी आएको छ । त्यस्तै, जापानको अर्थतन्त्र पनि पछिल्लो समय झन् कमजोर हुँदै गएको छ । बेलायतको अर्थतन्त्रमा पनि निकै गिरावट आएको रिजर्भ बैंकले एक रिपोर्टमा प्रकाशन गरेको छ । 

मित्रराष्ट्र चीनको अर्थतन्त्र त २७ वर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । यसका साथसाथै रुस, इन्डोनेसिया, थाइल्यान्डजस्ता देशले पनि मन्दीको सामना गर्नु परेको छ ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार ७:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया