आज नेपाल र जोर्डन भिड्दै

काठमाडौं– विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणको चौँथो खेलमा आज नेपाल र जोर्डन एक आपसमा भिड्दै छन् । खेल नेपाली समय अनुसार राती पौने १० बजे जोर्डनको घरेलु मैदान अम्मान खेल मैदानमा हुँदैछ । 

समुह बीमा रहेको नेपालले यसअघिका खेलमा कुबेतसँग ७ –० को तथा अष्ट्रेलियासँग ५–० को हार बेहोरेको थियो । चाइनिज ताइपेइलाई चाहिँ नेपालले २–० ले हराएको थियो । तीन खेलबाट तीन अंक जोडेको नेपाल समूहको चौथोँ स्थानमा छ । 

नेपाल आज जोर्डनलाई हराउँदै अष्ट्रेलियासँगको हारलाई भुलाउन चाहन्छ भने जोर्डन पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई हराएर अंक जोड्न चाहन्छ । 





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १२:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया