थाहा नगरपालिकाकाे वडा कार्यालयमा आगजनी

हेटाै‌डा– थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो ।

सानो फाखेलनजिक आरनडाँडामा रहेको वडा कार्यालय भवनमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । कार्यालयको ढोकामा लगाइएको ताल्चा फुटाएर तोडफोडसहित आगजनी भएको हाे । 

एक वडासदस्यका अनुसार कार्यालयको अतिथि कक्षमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ पेट्रोलियम पदार्थ छर्किएर आगो लगाइएको अनुमान छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भए पनि कागजातहरू पूरै जलेको छ ।

करिब १४ लाख लागतमा निर्माण गरिएको सो भवनमा गत वर्षको मंसिरबाट वडा कार्यालय सञ्चालन गरिएको थियो । आगजनीको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । तर, आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा स्थानीय चार छन् भने एकजना कैलालीनिवासी छन् । प्रहरीले उनीहरूको पहिचान भने खुलाएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १२:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया